कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 13 October 2020

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु


काठमाडौं, २७ असाेज :
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितमध्ये १८ जनाको मृत्यु भएको छ । योसहित अब नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ जना पुगेको छ ।

आज काडमाडौं उपत्यकामा २ हजार १ सय २९ जना नयाँ संक्रमित थपिएका मध्ये काठामाडौंमा १७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना नयाँ संक्रमित थपिएका हुन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर १५०३ जना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परिक्षण भएको थियो । हालसम्म निको भएकाहरुको संख्या ७८ हजार ७ सय ८० छ ।

देशभर संस्थागत आइसोलेशनमा १५ हजार ४८ जना रहेका छन भने क्वारेन्टिनमा ४ हजार ७९५ जना रहेका छन ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.