विराटनगरमा कोरोना संक्रमित वृद्धाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 3 October 2020

विराटनगरमा कोरोना संक्रमित वृद्धाको मृत्यु


सुनसरी, १७ असाेज :
विराटनगरकी कोरोना संक्रमित ६८ वर्षीया वृद्ध महिलाको शनिबार बिहान मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका वडा नं. ३ घर भएकी उनको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहान २ बजेतिर ज्यान गएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

कोरोना पुष्टि भएसँगै स्वास्थ्य अवस्था खराब बनेकी उनलाई असोज ११ गते आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकोमा वृद्धको उपचार सफल हुन नसकेको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजियोसियन डा. दीपक सिग्देलले बताउनुभयो ।

डा. सिग्देलका अनुसार वृद्धलाई पछिल्लो समय श्वासप्रश्वासको समस्या बढेको थियो भने शरीरमा अक्सिजनको मात्रा कम थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.