कोरोनाका कारण गण्डकीमा थप तीन जनाकाे निधन, मृतकको संख्या ६३ पुग्यो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 25 October 2020

कोरोनाका कारण गण्डकीमा थप तीन जनाकाे निधन, मृतकको संख्या ६३ पुग्यो


बागलुङ, ९ कात्तिक :
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप तीन जनाको निधन भएको छ । पोखरा महानगरका दुइ पुरूष र एक महिलाको मृत्यु भएको हो । मृतक सबैमा दीर्घरोग रहेको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।शर्माका अनुसार शनिवार राति पोखरा महानगरपालिका १५ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आईसीयूमा उपचारका क्रममा निधन भएको हाे । कात्तिक ८ गते कोरोनाको संक्रमण पुष्टि भएको महिलालाई सोही दिन उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ्र शब व्यवस्थापनकाे तयारी भैरहेको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका २२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको कात्तिक ८ गते गण्डकी मेडिकल कलेज पोखरामा र पोखरा महानगरपालिका ३१ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको कात्तिक ८ गते नै पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान, पोखराको उपचारका क्रममा निधन भएको छ ।

मृतकमा कोभिड१९ सहित न्यूमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या रहेको थियो । मृतक तीन जनाको शव व्यवस्थापन भैसकेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.