कोरोनाका कारण युवकको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 12 October 2020

कोरोनाका कारण युवकको मृत्यु


धादिङ, २६ असोज :
कोरोना भाइरस सङ्क्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ । निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका –३ का २२ वर्षीय युवकको यही असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका युवकको आज बिहान मृत्यु भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै धादिङका सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।(रासस)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.