बाँकेमा कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 4 October 2020

बाँकेमा कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु


नेपालगन्ज, १८ असाेज :
बाँकेमा उपचाररत कंचनपुरकी कोरोना संक्रमित २९ वर्षीया सुत्केरी महिलाको मृत्युु भएको छ ।

महेन्द्रनगर २ घर भएकी ती महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आज विहान साढे ४ वजे उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनलाई असोज १३ गते कोरोना पुष्टि भएको थियो ।

असोज १५ गते उनी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी थिइन् । सेती अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी ती महिलाको रक्तश्राव नरोकिएपछि पाठेघरको शल्यक्रिया गरिएको थियो । तर, उपचारका क्रममा स्वाब लिई परिक्षण गर्दा कोरोना देखिएपछि उनलाई कोहलपुर रेफर गरिएको थियो ।

भर्ना गर्दा उनी बेहोस अवस्थामा थिइन् । यो संगै बाँकेमा वाहिरी जिल्लाका उपचारका लागि आएका ९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.