गण्डकीमा छ हजार ४५९ सङ्क्रमित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 24 October 2020

गण्डकीमा छ हजार ४५९ सङ्क्रमित


गण्डकी, ८ कात्तिक :
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४७७ पुगेको छ । प्रदेशमा तीन हजार ८१५ जना कोरोना सङ्क्रमित निको भएको निर्देशनालयले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.