पर्सा र बारामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 16 October 2020

पर्सा र बारामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि


वीरगन्ज, ३० असाेज :
पर्सा र बारामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा गएराति १९२ जनाको थ्रोट स्वाबको परीक्षणको नतिजा आउँदा पर्सामा २१ र बारामा १६ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्साका १५८ र बाराका ३४ जनाको परीक्षण गरिएको थियो ।

पर्सामा संक्रमण पुष्टि भएकामध्ये अधिकतम वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा चार, वडा नम्बर ४, १५ मा दुईरदुई जना, वडा नामबार ७, ११, १४, १८ र २२ नम्बर वडामा एकरएक जना र वडा खुल्न नसकेको ४ जनामा संक्रमण देखिएको डाक्टर चौरसियाले बताउनुभयो ।

वीरगञ्जमा थपिएका संक्रमितमध्ये ३ जना नेपाली सेनामा कार्यरत जवान रहेको जानकारी दिनुभयो । त्यस्तै पर्साको पोखरिया नगरपालिका वडा नम्बर २ मा तीन र वडा नम्बर ५ मा एक जना संक्रमित थपिएका छन् । बारा जिल्लाको कलैयास्थित मालपोत कार्यालयमा ११ जनासहित थप १४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.