चितवन मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 14 October 2020

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु


चितवन, २८ असाेज :
चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ का ७५ वर्षीय वृद्ध हुनुहुन्छ ।

उहाँको गएराती १० बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । श्वासप्रश्वासमा समस्या देखिएपछि असोज १८ गते अस्पतालमा भर्ना भएका उहाँमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँको कोभिड आइसियु कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.