पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १९ जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 15 October 2020

पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १९ जनाको मृत्यु


काठमाडौँ, २९ असाेज :
पछिल्लो २४ घण्टामा देशभरबाट १६ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण गरिएकोमा ३ हजार ७ सय ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

नेपालमा हालसम्म १२ लाख ३७ हजार ६ सय ३६ जनाको पीसीआर परीक्षण गरिएकोमा १ लाख २१ हजार ७ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा काठमाडौँमा १ हजार ६ सय ९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी काठमाडौँ उपत्यकामा १ हजार ९ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप ३ हजार ५ सय ६४ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज ३ हजार ५ सय ६४ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ । मन्त्रालयका अनुसार देशभर ३१४ जनाको आइसियुमा र ६८ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा ३६ हजार ५ सय ३३ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ४ हजार ८ सय २५ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.