पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, ११ जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 1 October 2020

पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, ११ जनाको मृत्यु


काठमाडौँ, १५ असाेज :
पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ९ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म १० लाख ३३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएकोमा ७९ हजार ७ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा काठमाडौँमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ गरी काठमाडौँ उपत्यकामा ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुहुँदै प्रवक्ता गौतम ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप ९ सय ६१ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज ९ सय ६१ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ । 

आज कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । 

मन्त्रालयका अनुसार देशभर २२० जनाको आइसियुमा र २५ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा २१ हजार ८ सय ३० जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ५ हजार ७७ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.