कोरोनाबाट आज चिकित्सकको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 1 October 2020

कोरोनाबाट आज चिकित्सकको मृत्यु


कर्णाली, १५ असोज :
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा हरि सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उहाँको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा रविन खड्काले जानकारी दिनुभयो । 

दुई साताअघि कोरोना सङ्क्रमण पुष्टि भएका ५८ वर्षीय डा सापकोटलाई प्रदेश अस्पतालमा श्वास फेर्न गाह्रो भएपछि थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पु¥याइएको थियो । उहाँ प्रदेश अस्पतालमा लामो समयदेखि कन्सल्ट्यान्ट प्रमुखका काम गर्दै आउनुभएको थियो ।नेपालका कोरोनाबाट चिकित्सकको मृत्यु भएको पहिलो घटना भएको बताइएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.