ट्रिपर दुर्घटनामा चालकको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 10 October 2020

ट्रिपर दुर्घटनामा चालकको मृत्यु


धादिङ, २४ असाेज :
पृथ्वी राजमार्गमा शनिबार भएको ट्रिपर दुर्घटनामा चालकको ज्यान गएको छ ।

ललितपुर महानगरपालिका– २९ निवासी कृष्ण लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । सहचालक भने घाइते भएका छन् ।

काठमाडौंबाट मलेखुतर्फ आउँदै गरेको बा ५ ख ४९९ नम्बरको ट्रिपरले विपरीत दिशातर्फ आउँदै गरेको बसलाई ठक्कर दिई ट्रिपर अनियन्त्रित भई सडकबाट करिव पचास मिटर तल महेश खोलामा खसेको थियो ।

घाइतेको अवस्था गम्भीर छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.