शंकरदास बैरागी मुख्यसचिव नियुक्त, डा. खतिवडा र रेग्मी राजदूतमा शिफारिस - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 1 October 2020

शंकरदास बैरागी मुख्यसचिव नियुक्त, डा. खतिवडा र रेग्मी राजदूतमा शिफारिस


काठमाडौं, १५ असाेज :
सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीले कार्यकाल सकिनुअघि दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले बैरागीलाई मुख्यसचिव नियुक्त गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूतमा शिफारिस गरेको छ ।

यसैगरी, सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि राजदूत शिफारिस गरिएको पनि मन्त्री तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.