यूएफा अवार्डमा जर्मन क्लब बायर्न म्युनिखको वर्चस्व, रोबर्ट लेवोन्डस्की बने, प्लेयर अफ द इयर - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 2 October 2020

यूएफा अवार्डमा जर्मन क्लब बायर्न म्युनिखको वर्चस्व, रोबर्ट लेवोन्डस्की बने, प्लेयर अफ द इयर


काठमाडौं, १६ असाेज :
जर्मन फुटबल क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवोन्डस्की यूएफा प्लेयर अफ द इयर अर्वार्डबाट पुरस्कृत भएका छन् । सन् २०१९-२० को फुटबल सिजनका सर्वोत्कृष्ट खेलाडीहरूलाई यूएफाले विभिन्न विधामा बर्सेनि पुरस्कार दिँदै आएकोमा यस वर्ष ३२ वर्षीय लेवोन्डस्की पुरूषतर्फको सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् ।

लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गत सिजन प्रमुख तीन उपाधिहरू- जर्मन बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेको थियो । गएको सिजनमा ५५ गोल गरेका लेवान्डोस्कीले फरवार्ड अफ द सिजन अवार्ड समेत जित्न सफल भए ।

बायर्नको वर्चस्वता रहेको अवार्डमा बायर्नकै जोसुवा किमिचले डिफेन्डर अफ द इयर अवार्ड जिते भने म्यानुएल नुएरले गोलकिपर अफ द इयर अवार्ड हात पारे । मिडफिल्डर अफ द इयर पुरस्कार म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएनले पाए ।

सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड पनि बायर्नकै हान्सी फ्लिक हात पारे । महिलातर्फको यूएफा प्लेयर अफ द इयर अवार्ड भने पेर्निल हार्डरले जितिन् । चेल्सी तथा आइभोरी कोस्टका पूर्व फरवार्ड डिडिए ड्रोग्बालाई यूएफा प्रेजिडेन्ट्स अवार्डबाट सम्मान गरियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.