आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 1 October 2020

आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना पुष्टि


काठमाडौँ, १५ असोज :
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या आएपछि परीक्षण गराउँदा बिहीबार पोजेटिभ रिपोट आएको उहाँले जानकारी दिनुभयो । “स्वास्थ्यमा समस्या देखिएपछि स्वाव दिएर तीन दिनदेखि होम आइसोलेसनमा बसेको छु । सामान्य ज्वरो बाहेक अन्य समस्या अहिलेसम्म देखिएको छैन”, उहाँले भन्नुभयो । 

निगमले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी कार्यकारी निर्देशक पौडेलसँग एक हप्तामा सम्पर्कमा आएकालाई संयम अपनाउन आग्रह गरेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.