बडादशैंको सबैलाई शुभकामना - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 23 October 2020

बडादशैंको सबैलाई शुभकामना

सुनु आचार्य

आफ्नादेखि टाढा -टाढा 
बस्ने दिन आएछ।
मुटु माथि ढुङ्गा राखि
हाँस्ने दिन आएछ।।

खै के हो यस्तो 
भन्छन् सबै कोरोना कोरोना ।
खै कोरोना त थाहा भएन मलाई 
लाग्छ आज मैरोना है मैरोना ।।

सानो तिनो चानचुने 
नसोचौ यसलाई ।
आफ्नै बसमा पारीसक्यो
सारा सारा विश्व गलाई।।

बाचिरहे त मनाउला क्यारे
चाडपर्व त हाम्रै हो । 
बाचिरहे त भेटौला क्यारे
परिवार अनि साथिसङ्गी पनि हाम्रै हो ।।

तड्पिदैछौ आज हामी
हामिसङ्ग महिषाशुर रुपि कोरोना।
यसलाई परास्त पार्छौ हामी 
बडादशैंको सबैलाई शुभकामना 
बडादशैंको सबैलाई शुभकामना ।।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.