तिमी छौ म छु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 15 October 2020

तिमी छौ म छु

सुनु आचार्य

तिमी छौ म छु
तिमी म अनि हामी छौं।
हाम्रो छुट्टै संसारमा 
तिमी म अनि हामी छौं।।

सायद! अहिले हामी सबै 
सबै सङ्क्रमित छौं।
नआत्तिनु हेर तिमी 
हामी एक अर्काको साथ छौं।।

छुन सक्दिन त के भो
यो मनले त्यो मनलाई छोएको छ। 
आखाँबाट बग्ने आशुँले 
त्यो सङ्क्रमणलाई धोएको छ।।

मनोबल बढाऊ है तिमी 
त्यो नै ठुलो औषधी हो । 
आफ्नो मनको कुरा खोल है तिमी 
त्यो मनलाई बलियो बनाउ है तिमी ।।।

तिमी छौ म छु
तिमी म अनि हामी छौं। 
हाम्रो प्यारो संसारमा
तिमी म अनि हामी छौं।।।।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.