अपराध रोक्ने कानून धमाधम बनिरहेका छन् : मन्त्री तुम्बाहाङ्फे - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 23 October 2020

अपराध रोक्ने कानून धमाधम बनिरहेका छन् : मन्त्री तुम्बाहाङ्फे


तेह्रथुम, ७ कात्तिक :
कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले अपराध हुन नदिनका लागि कानूनी साक्षरता कार्यक्रसमेत सञ्चालन गरी अपराधलाई निरुत्साहित गर्ने बताउनुभएको छ ।

दशैं मनाउन जन्मघर आउनुभएका मन्त्री तुम्बाहाङ्फेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तेह्रथुमले शुक्रबार आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार सरकारले अध्यादेशमार्फत समेत ऐनहरु निर्माण गरी अपराध नियन्त्रण शुरु गरेको र धेरै ऐनहरु बन्ने प्रक्रियामा छ ।

उहाँले मैलिक हकसँग जोडिएका १६ वटा ऐन निर्माण गरेर कार्यन्वयनमा ल्याइएको पनि बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.