सफल र कुशलले बनाए सोलार कार - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 13 October 2020

सफल र कुशलले बनाए सोलार कार


चितवन, २७ असाेज :
चितवन भरतपुर महानगरपालिका वडा नम्बर ६ इन्द्रपुरीका दुई युवाले बनाएको सोलार कार यतिवेला चर्चामा छ ।

मोटर इन्जिन राखेर गल्फ कार बनाएको सफलतासगैँ फेरि लकडाउनको समयलाई सदुपयोग गर्दै सफल र कुशल पौडेल दाजुभाइले सोलारबाट चल्ने कार बनाएका छन।

१ महिनाको अबधीमा उनीहरुले ४ पाङ्ग्रे कार बनाए । पौडेल दाजुभाइले बनाएको कार ५० किलोमिटर प्रति घण्टा गुड्न सक्छ ।

सोलार प्यानल जोडेर बनाएको कारको उनीहरुले सफल परिक्षण समेत गरेका छन् ।

विना इन्जिनको नेप्रो प्रोजेक्टमा उनीहरुले ३ लाख लगानी गरेका छन् ।

“इन्धन खरिदमा बर्षेनी देशबाट मोटो रकम बिदेशिँदै आएको छ । यसलाई रोक्न र देशमा नै सौर्य उर्जाको उपयोग गरी सवारी चलाउन सकिन्छ भनेर यो कार तयार गरेका हौं ।

विना इन्धन उज्यालो नेपाल हाम्रो लक्ष्य हो ।” भाइ कुशल पौडेलले भने ।

विना पेट्रोल, बिना विजुली चल्ने कारको बिषेशता रहेको पौडेलको भनाइ छ । कारमा ४ वटा सोलार प्यानल जडान गरिएका छन । प्रत्येक प्यानल १ सय ५० वाट क्षमताका छन् ।

डी.सी. मोटरको प्रयोग गरेर ४८ भोल्ट अर्थात् १ हजार वाट मोटर प्रयोग गरी कार तयार भएको छ । कार दिउँसोमा घाम लागेको बेला सोलारबाट चल्छ, रोकेको बेला सौर्य उर्जा सञ्चित भई रातको समयमा पनि चल्छ ।

सरकारले सहयोग गरेमात्र युवाको ‘फ्रेस ब्रेन’ लाइ ‘ब्रेन ड्रेन’ हुनबाट बचाउने सफल पौडेलले बताए ।

उनीहरुले केही समय अगाडि १ पल्सर मोटरसाइकलको इन्जिन प्रयोग गरी गल्फ कार निर्माण गरेका थिए ।

जसमा बत्ती, हर्नको लागि सोलार जडान गरिएको थियो । मारुती भ्यान र अटोरिक्साको चक्का राखेर निर्माण गरिएको गल्फ कारबाट उनीहरु चर्चित भएका थिए ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.