बाढी पहिरोबाट प्रभावित नागरिकको व्यवस्थापन हिउँदसम्म भइ सक्छ: गृहमन्त्री थापा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 2 October 2020

बाढी पहिरोबाट प्रभावित नागरिकको व्यवस्थापन हिउँदसम्म भइ सक्छ: गृहमन्त्री थापा


काठमाडाैँ, १६ असाेज :
गृहमन्त्री रामबहादुर थापा बादलले बाढी पहिरोबाट प्रभावित नागरिकको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताउनुभएको छ । अस्थायी रुपमै भए पनि सिन्धुपाल्चोक, बागलुङ, कालीकोटलगायत देशभर बाढी पहिरोबाट प्रभावित नागरिकको व्यवस्थापन छिट्टै गरिने उहाँले बताउनुभयो ।

सिन्धुपाल्चोकका प्रतिनिधिसँगको भेटमा गृहमन्त्री थापाले हिउँद सुरु हुनु अगाडि नै पालमा बसेका नागरिकको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चिसो बढ्दै जाने समय छ । हिउँद सुरु हुन्छ । अहिले बाढी, पहिरो प्रभावित पालमा बसेका छन्, चिसोमा त्यसले धान्दैन । यसका लागि तत्काल चाल्नुपर्ने कदम चाल्छौँ । सकेसम्म न्यानो हुने अस्थायी बसाइको व्यवस्था गर्छाैँ । हिउँदमा चिसोले मानवीय क्षति नहोस् भनेर हामीले ध्यान दिएका छौँ ।’

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले जिल्लाका विभिन्न ठाउँमा गरी अहिले तीन सय ५१ बस्ती जोखिममा रहेको बताउनुभयो । यो वर्ष मानवीय र भौतिक क्षति भएका समेत गरी तीन सय ५१ बस्तीका ६ हजार पाँच सय ७१ परिवार जोखिममा रहेको उहाँले बताउनुभयो ।

यो वर्षको असार २४ गतेदेखि भदौ २७ गतेसम्म एक सय १३ जना गरेर पाँच वर्षमा सिन्धुपाल्चोकमा प्राकृतिक विपद्बाट तीन हजार आठ सय ८२ जनाको ज्यान गइसकेकाे छ । १७ सय ७० जना घाइते भएका छन् । ५५ करोड ८२ लाख रुपैयाँभन्दा धेरैकाे आर्थिक क्षति भएको छ ।

गएकाे असार २४ गते बाह्रबिसे नगरपालिका ५ जबमु र खागदमा पहिरोमा परेर २१ जना, साउन २० गते जुगल २ लिदीमा गएको पहिरोमा परेर ३९ जना र बाह्रबिसे ७ को भिरखर्च र नागपुजेमा ३१ जनाको ज्यान गएकाे थियाे । यो वर्ष देशका विभिन्न ठाउँमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.