प्रधानमन्त्री र ‘रअ’प्रमुखबीच भएको भेटबारे परराष्ट्र सल्लाहकारको प्रतिक्रिया– ‘प्रक्रिया पुर्‍याएरै भेट’ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 25 October 2020

प्रधानमन्त्री र ‘रअ’प्रमुखबीच भएको भेटबारे परराष्ट्र सल्लाहकारको प्रतिक्रिया– ‘प्रक्रिया पुर्‍याएरै भेट’


काठमाडौं, ९ कात्तिक :
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट प्रक्रिया पुर्‍याएरै भएको बताउनुभएको छ । 

सरकारी टेलिभिजन नेपाल टेलिभिजनसँग कुरा गर्दै सल्लाहकार भट्टराईले प्रधानमन्त्रीकाे व्यस्त समयका कारण राति भेट भएकाे जानकारी दिनुभयाे । उहाँले रअका प्रमुख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर आएको उल्लेख गर्नुभयो । 

रअ प्रमुखसँग भएको भेटमा दुई देशबीचको सीमा समस्या समाधान शान्तिपूर्ण वार्ताबाट समाधान गर्ने र दुई छिमेकीको सम्बन्धलाई थप उचाईमा लैजाने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.