प्रदेश ५ को प्रदेशसभा बैठक शुरु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 6 October 2020

प्रदेश ५ को प्रदेशसभा बैठक शुरु


बुटबल, २० असोज :
प्रदेश ५ को प्रदेशसभा बैठक शुरु भएको छ । १२ बजे शुरु हुने भनिएको सभा केही बेर ढिला शुरु भएको हो । दलहरु आन्तरिक छलफलमा रहेकाले बैठक केही समयका लागि पछि सारिएको सभामुख पुर्ण बहादुर घर्तिले बताउनुभो ।

आजको कार्यसुचि अनुसार प्रदेश सभामा सबैभन्दा पहिला विपक्षी दलका नेता एवंम काग्रेस संसदिय दलका प्रमुख वीरेन्द्र कुमार कनौडियाले बोल्ने कार्यक्रम छ । त्यस लगतै मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्नु हुनेछ । उहाँले 

दाङमा राजधानी लैजानुको कारण र रुपन्देही कपिलबस्तु, नवलपरासीलाई समेटेर पर्यटकिय र सास्कृतिक राजधानी एवं बुटवल, भैरहवा कोरिडोरलाई वित्तीय राजधानी बनाउने विषयमा मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्नु हुने छ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.