चुनौती सामना गर्न आएको छुः सञ्चारमन्त्री - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 15 October 2020

चुनौती सामना गर्न आएको छुः सञ्चारमन्त्री


काठमाडौं, २९ असाेज :
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आफू चुनौती सामना गर्न नै मन्त्रालयको जिम्मेवारीमा आएको बताउनुभएको छ ।

मन्त्रालयमा बिहीबार पद बहाली गरेपछि भएको कार्यक्रममा मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीपूर्ण जिम्मेवारी दिएको बताउँदै आफू मन्त्रालयमा रहँदा इमान्दारितापूर्वक काम गर्ने बताउनुभयो । प्रधानमन्त्रीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सञ्चार मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

गुरुङले मन्त्रालयले एकद्वारबाट सरकारका सूचना सम्प्रेषण गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले सय दिनभित्र मन्त्रालयका समस्याहहरु अध्ययन गरेर योजनाहरु सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

कर्मचारीसँग आफ्नो हार्दिक सम्बन्ध रहने बताउँदै उहाँले गलत सल्लाह र सुझाव नदिन पनि आग्रह गर्नुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.