लोकसेवाले माग्यो १८५ सहसचिव र ४७३ उपसचिव, कार्तिक १८ सम्म आवेदन दिन सकिने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 14 October 2020

लोकसेवाले माग्यो १८५ सहसचिव र ४७३ उपसचिव, कार्तिक १८ सम्म आवेदन दिन सकिने


काठमाडौं, २८ असाेज :
लोकसेवा आयोगले प्राविधिक तथा अप्राविधिक गरी सहसचिव र उपसचिवहरुको विज्ञापन आह्वान गरेको छ।

आफ्नो पूर्वनिर्धारित कार्यातालिका अनुसार आयोगले बुधबार १८५ सहसचिव र ४७३ उपसचिव पदका लागि विज्ञापन आह्वान गरेको हो।

विभिन्न सेवा तथा समूह (उपसमूह)का सहसचिव र उपसचिवको विज्ञापन आह्वान गरेको छ। आयोगले निजामती सेवा, संघीय संसद सेवा तथा स्वास्थ्य सेवातर्फ विज्ञापन गरेको हो।

विज्ञापनमा तोकिएअनुसार योग्यता पुगेका उम्मेदवारहरूले कार्तिक १८ सम्म आवेदन दिन सक्नेछन्। विज्ञापन आह्वानको सो सूचना आजको गोरखापत्र दैनिकमा हेर्न सकिन्छ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.