बुढीगण्डकी आयोजनामा अर्बाैँ भ्रष्टाचार भएकाे भन्ने आराेपमा सत्यता छैन् : प्रधानमन्त्री ओली - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 16 October 2020

बुढीगण्डकी आयोजनामा अर्बाैँ भ्रष्टाचार भएकाे भन्ने आराेपमा सत्यता छैन् : प्रधानमन्त्री ओली


काठमाडाैँ, ३० असाेज :
प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी आयोजनामा अर्बाैँ भ्रष्टाचार गरेको भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लगाएको आरोपमा सत्यता नभएको स्पष्ट पार्नुभएको छ ।

उहाँले पूर्वप्रधानमन्त्री भट्टराईको नाम नलिइकन निर्णय नै नभएको, काम नै सुरु नभएको आयोजनामा अर्बौँको भ्रष्टाचार गरेको भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको दाबी गर्नुभयो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही समयअघि प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्बाैँ घुस लिएको आरोप लगाउनुभएको थियो ।

यो आरोपको प्रधानमन्त्री ओलीले पहिलो पटक गलत सूचनाको प्रचार भएको बताउनुभयो । उहाँले देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लाग्ने हर्कत आफूहरुले कहिल्यै नगर्ने स्पष्ट पार्नुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.