झापाका अस्पतालहरुमा पीसीआर परिक्षण बन्द हुने अबस्थामा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 14 October 2020

झापाका अस्पतालहरुमा पीसीआर परिक्षण बन्द हुने अबस्थामा


झापा, २८ असाेज :
झापाको मेची अस्पताल र कनकाई कोटिहोममा हुँदै आएको पीसीआर परिक्षण सेवा रोकिने अवस्थामा पुगेको छ । प्रयोगशालामा आवश्यक पर्ने पीसीआर रिएजेन्ट र आरएनए किट सकिएपछि पीसीआर परिक्षण नै रोकिने अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।

मेची अस्पतालमा भएको पीसीआर मेशिन स्विजरल्याण्ड सरकारबाट प्राप्त भएकाले अन्य मेशिनभन्दा फरक सोही कम्पनीको रिएजेन्ट र किट आवश्यक पर्ने प्राविधिकको भनाइ छ ।

दुई स्थानमा गरी दैनिक ४०० को हाराहारीमा पीसीआर परिक्षण हुँदैआएकोमा अस्पतालको आइसोलेशनमा रहेका र इमरजेन्सी विरामीको मात्र मुस्किलले १५–२० वटा मात्र पीसीआर परिक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. पिताम्बर ठाकुरले बताउनुभएको छ ।

अस्पतालबाट पीसीआर परिक्षण रिर्पोट आउन ढिलाइ हुँदा स्थानीय तहहरुले पठाएका स्वाबको परिक्षण रिर्पोट एक हप्ता बढि पर्खनुपर्ने बाध्यता सिर्जना भएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.