कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दसैँअघि नबस्ने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 15 October 2020

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दसैँअघि नबस्ने


काठमाडाैँ, २९ असाेज :
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दसैँअघि नबस्ने भएको छ । यसअघि दुईपटक मिति तय भएर स्थगित भएको बैठक दसैँअघि नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयाे । 

कोरोनाको संक्रमण बढेको र भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दसैँअघि बैठक नबस्ने उहाँले बताउनुभयाे ।

सम्भव भए कोजाग्रत पूर्णिमाको केहीदिनपछि सबैको पिसिआर परीक्षण गरी बैठक सञ्चालन गर्ने विषयमा पदाधिकारीबीच छलफल चलिरहेको उहाँले जानकारी दिनुभयाे । दसैँ र तिहारको बीचमा बैठक बस्न नसके तिहारपछि बस्ने शर्माको भनाइ छ । 

विशेषगरी, महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लिखित रूपमा पेस गरेको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल गर्ने एजेन्डा रहेको थियो । प्रवक्ता शर्माले ७ फागुनमा पार्टी महाधिवेशन सम्पन्न गर्ने गरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि अब बस्ने बैठकमा छलफल हुने बताउनुभयाे । 

फागुनमा महाधिवेशन सम्पन्न नभए जेठमा गर्ने गरी तयारी गरिने उनले बताए । यसअघि पहिलोपटक १९ असोजमा बोलाइएको बैठक केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । दोस्रोपटक २५ असोजमा बोलाइएको बैठक पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.