आगामी १९ गते बस्ने केन्द्रीय समिति बैठकको रणनीति बनाउँदै देउवा र पौडेल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 1 October 2020

आगामी १९ गते बस्ने केन्द्रीय समिति बैठकको रणनीति बनाउँदै देउवा र पौडेल


काठमाडाैँ, १५ असाेज :
नेपाली काँग्रेसका संस्थापन र इतर पक्ष आन्तरिक रणनीति तयार पार्न जुटेका छन् । आगामी १९ गते बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा र प्रस्तुितका विषयमा दुवै पक्ष आ–आफ्नो रणनीति बनाउन जुटेका हुन् ।

सोमबार वरिष्ठ नेता रामचन्द्र्र पौडेलको अगुवाईमा २७ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाद्वारा पार्टी विधान विपरीत लिइएका निर्णय खारेजीका लागि १९ गतेसम्मको अल्टिमेटमसहित ९ पेज लामो ज्ञापनपत्र बुझाएका थिए ।

करिब दुई महिनाको गृहकार्यपछि पौडेल समूहले क्रियाशील सदस्यता वितरण, विभाग गठन, भ्रातृसंस्था, जनसम्पर्क समिति गठनलगायतका निर्णय पुनर्विचार गर्न अल्टिमेटम दिएको हो । आफ्ना मागको सुनवाई नभएमा पार्टी कार्यालयमा धर्नादेखि आमरण अनशनससम्म गर्ने पौडेल पक्षको तयारी छ ।

देउवा पक्षले भने पौडेल पक्षद्वारा बुझाइएको अल्टिमेटमसहितको ज्ञापनपत्रलाई महाधिवेशन केन्द्रित मुद्दाका रुपमा लिएको पाइन्छ । बुधबार सभापति देउवाको निवास बूढानीलकण्ठमा संस्थापन पक्षका शीर्ष नेताहरुबीचको अनौपचारिक छलफलले पौडेल पक्षका मागलाई प्रस्टिकरणमार्फत प्रतिवाद गर्ने योजना बनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.