नेकपाले बोलायो सचिवालय बैठक, शनिबार ४ बजे बस्ने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 2 October 2020

नेकपाले बोलायो सचिवालय बैठक, शनिबार ४ बजे बस्ने


काठमाडौं, १६ असाेज :
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि (शनिबार) दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाएको छ। शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सचिवालय बैठक बोलाउने सहमति भएकाे हो।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न दाहाल शुक्रबार बिहान १० बजे बालुवाटार पुग्नुभएकाे थियाे ।उहाँहरूबीच करीब एक घण्टा कुराकानी भएको थियो।

सरकारले बिहीबार युवराज खतिवडालाई राजदूतमा सिफारिस गर्ने र शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने लगायतका निर्णय पार्टीमा छलफल नगरेर गरेको भन्दै दाहाल लगायत सचिवालयका नेताहरू असन्तुष्ट बनेका छन्। 

भोलि बस्ने सचिवालय बैठकमा सो विषय र मन्त्रिपरिषद् पुर्नगठनका सम्बन्धमा छलफल हुने बताइएको छ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.