मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका ७ जना दलको बैठकमा अनुपस्थित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 13 October 2020

मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका ७ जना दलको बैठकमा अनुपस्थित


काठमाडौं, २७ असाेज :
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १८ जना मध्ये ७ जना अनुपस्थित भएपछि आज १ बजे बस्ने भनिएको नेकपाको संसदीय दलको बैठकमा कोरम पुगेन ।

अविश्वासको प्रस्तावमा सही गरेपनि ७ जनाले मुख्यमन्त्री शाहीसँग वार्ता गरी शाहीलाई नै समर्थन गर्ने जनाएपछि संसदीय दलमा कोरम नपुगेको हो ।

नेकपाको पूर्ण बहुमत रहेको कर्णाली प्रदेशको सरकार पुनर्गठन मात्रै हुने र हाललाई मुख्यमन्त्री नहट्ने संकेत प्राप्त भएको सुर्खेत स्थित हाम्रा समाचारदाताले जनाएका छन ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.