चाडपर्व खर्च लिएको छैनः लुम्बिनी प्रदेश सरकार - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 18 October 2020

चाडपर्व खर्च लिएको छैनः लुम्बिनी प्रदेश सरकार


रुपन्देही, २ कात्तिक :
लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख, उपसभामुख सहित जनप्रतिनिधिले चाडपर्व खर्च नलिएको स्पष्ट पारेको छ ।

जनप्रतिनिधिले दशैं खर्च बुझेको भन्दै भ्रामक समाचारले सामाजिक सञ्जालमा आलोचना बढेपछि प्रदेश सरकारले अहिलेसम्म कुनै चाडपर्व खर्च नलिएको स्पष्ट पारेको हो ।

मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज विज्ञप्ती प्रकाशित गर्दै लुम्बिनी प्रदेशका जनप्रतिनिधि सहित मन्त्री र मुख्यमन्त्रीले चाडपर्वका नाममा कुनै पनि भत्ता वा खर्च नबुझेको र व्यवस्था पनि नगरिएको जानकारी दिनुभएको छ ।

विज्ञप्तीमा प्रदेश सरकारले मागका आधारमा नभई योजनाका आधारमा बजेट विनियोजन हुने संस्थागत संरचना तयार पारेको उल्लेख छ ।

प्रदेशसभाबाट प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका टुंगो लगाएपछि प्रदेश सरकार प्रदेशलाई संस्थागत गर्ने नयाँ विन्दुमा पुगेको उहाँले विज्ञप्तीमा जानकारी दिनुभएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.