नेकपा कणाली प्रदेश संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 13 October 2020

नेकपा कणाली प्रदेश संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त


सुर्खेत, २७ असाेज :
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीलाई दिनु भएको छ ।

संसदीय दलका नेता तथा मुख्यमन्त्री शाहीले मंगलबार माधब नेपाल समूहका नेताहरुको सहमति अनुसार कुर्मराजलाई सचेतकमा नियुक्त गर्नु भएको हो । सोमबार मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहनु भएकी सीताकुमारी नेपालीलाई प्रमुख सचेतक नियुक्त गरिसक्नु भएको छ ।

सचेतक रहनु भएकी नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि खाली भएको ठाउँमा मुख्यमन्त्री शाहीले आज कुर्मराज शाहीलाई नियुक्त गर्नु भएको हो । आइतबार गुलाबजङ्ग शाहलगायत १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रमुख सचेतकको जिम्मेवारी बाट शाहलाई हटाएको थियो ।


No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.