नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 15 October 2020

नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख


काठमाडौं, २९ असाेज :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

रक्तचाप बढेका कारण धुम्बहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहनुभएका खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ । “उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्नुहुन्छ”, भट्टराईले भन्नुभयो, “चिकित्सकका अनुसार उहाँको रक्तचाप पनि सामान्य रहेको छ ।”

उहाँको रक्तचाप बढेपछि बुधबार अपराह्न ४ः०० बजे उपचारका लागि अस्पताल लगिएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.