पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 25 October 2020

पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण


काठमाडौं, ९ कात्तिक :
पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उहाँले समाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

आफूलाई संक्रमण पुष्टि भएको बताउँदै नेता शर्माले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गर्नुभएको छ ।

शर्मासँगै पत्नी लक्ष्मी शर्मालाई पनि संक्रमण पुष्टि भएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.