सानिमा जेनेरलको आईपीओ आजदेखि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 7 October 2020

सानिमा जेनेरलको आईपीओ आजदेखि


काठमाडौँ, २१ असोज :
सानिमा जेनेरल इन्स्योरेन्सको साधारण सेयर आजदेखि निष्कासन हुने भएको छ । कम्पनीको जारी पुँजी एक अर्ब रुपियाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपियाँ बराबरको तीन लाख कित्ता सेयर निष्कासन हुन लागेकोछ ।

निष्कासन हुने सेयरमध्ये एक लाख २० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि, एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि हुने कम्पनीले जनाएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी आव २०७४/७५ मा ५.५९ प्रतिशत, २०७५/७६ मा ०.७४ प्रतिशत रहेको थियो । गत आवको अपरिष्कृत विवरण अनुसार २.६६ प्रतिशत रहेको छ भने चालू आवका लागि ४.९४ प्रतिशत प्रक्षेपण गरिएको छ ।

छ । क्रेडिट रेटिङमा यो संस्थाले केयर एनपी बीबी प्लसा (आईएस) प्रमाणपत्र प्राप्त गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ । सेयर आवेदन भर्ने अन्तिम मिति यही असाज २५ गतेसम्म रहेको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.