पञ्जाबलाई हराउँदै मुम्बई अंक तालिकाको शीर्षस्थानमा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 2 October 2020

पञ्जाबलाई हराउँदै मुम्बई अंक तालिकाको शीर्षस्थानमा


काठमाडौं, १६ असाेज:
इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्स विजयी भएको छ ।

यूएईको शेख जायद रंगशालामा भएको खेलमा किङ्स इलेभेन पञ्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बई प्रतियोगितामा आफ्नो दोस्रो जित हात पार्न सफल भयो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ सन जोड्न सफल भयो । १ सय ९२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको पञ्जाव आठ विकेटले गुमाउँदै १ सय ६३ रनमै सीमित हुन पुग्यो ।

मुम्बईको जितमा कप्तान रोहित शर्माले ७० रन र केइरन पोलर्डले ४७ रन जोडे । जितसँगै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ ।

यसैबीच आजको खेलमा गत वर्षको उपविजेता चेन्नई सुपरकिङ्स तथा सनराईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.