मन्त्री कार्कीलाई कोरोना संक्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 23 October 2020

मन्त्री कार्कीलाई कोरोना संक्रमण


सुरुङ्गा, ७ कात्तिक :
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्नु भएकामा आज कोरोना पोजेटिभ पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी दिनुभयो ।

मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराउनुभएको थियो । उहाँ अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बस्नुभएको छ । मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ । उहाँले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।

यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उहाँ अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बस्नुभएको छ । उहाँको स्वास्थ्यावस्था पनि सामान्य छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.