किसानले उत्पादन बढाउन नपाएसम्म उद्योग अगाडि बढ्न सक्दैनः कृषि मन्त्री - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 25 October 2020

किसानले उत्पादन बढाउन नपाएसम्म उद्योग अगाडि बढ्न सक्दैनः कृषि मन्त्री


भैरहवा, ९ कात्तिक :
कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भूसालले किसानले उत्पादन बढाउन नपाएसम्म उद्योग अगाडि बढ्न नसक्ने बताउनु भएको छ ।

भैरहवास्थित उद्योग व्यापार संगठन रुपन्देहीको कार्यालय भवन शिलान्यास कार्यक्रममा मन्त्री भूसालले सो कुरा बताउनु भएको हो । उहाँले समयमै मल नल्याउने ठेकेदारको १० करोड रुपैयाँ जफत गरिएको बताउनु भयो ।

उत्पादन गर्ने किसानको न्यूनतम बचत हुन नसके कृषि क्षेत्र अगाडि बढ्न नसक्ने उहाँको भनाइ थियो । प्रदेश सरकारहरुले कृषि क्षेत्रमा राम्रो गरिरहेको तर जनताको अपेक्षा अनुसार भनेजस्तै र सोचेजस्तै काम गर्न भने नसकेको मन्त्री भुसालले बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.