नेपाली काँग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 4 October 2020

नेपाली काँग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण


काठमाडौं, १८ असोज :
नेपाली काँग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण भएको छ । उहाँले शनिबार साँझ ट्वीट गरी सो कुराको जानकारी गराउनु भएको हो ।

नेपाली काँग्रेस निकटका २४१ जनाको स्वाब संकलन गरी जाँचका लागि पठाइएकोमा ७० जनाको रिपोर्ट आएको तर कसको पोजेटिभ वा नेगेटिभ आएको भन्ने कुरा स्वयंले घोषणा गर्ने नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताउनुभयो । थापाले ट्वीटसन्देशमा आफूमा कुनै समस्या नरहेको बताउनु भएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.