अर्को बर्षको गृष्मकालसम्म भारइरससँग लड्नुपर्छ- राष्ट्रपति म्याँक्रो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 24 October 2020

अर्को बर्षको गृष्मकालसम्म भारइरससँग लड्नुपर्छ- राष्ट्रपति म्याँक्रो


फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले अर्को वर्षको ग्रिष्मकाल सम्म कोरोना भाइरस विरुद्ध लडिरहनुपर्ने बताउनुभएको छ ।

फ्रान्समा फेरि संक्रमणको दर दिनहुँ बढ्न थालेपछि राष्ट्रपति म्याक्रोनले यस्तो बताउनुभएको हो ।

गत २४ घन्टामा मात्रै ४० हजार बढिमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ भने २ सय ९८ जनाको मृत्यु भएको छ । संक्रमण नियन्त्रणका लागि फ्रान्समा विभिन्न शहरमा कर्फ्यु समेत जारी गरिएको छ ।

फ्रान्सका साथै अन्य युरोपेली देशहरु रसिया, पोल्यान्ड, इटली ,स्विटजरल्यान्ड लगायतका देशमा संक्रमण फेरि फैलिरहेको छ । विगत १० दिनमा यि देशहरुमा संक्रमण दोब्बरले बढेको छ ।

युरोपेली मुलुकहरुमा अबको केही महिना संक्रमणका कारण असहज परिस्थिति सृजना हुन सक्ने भन्दै सतर्कताका उपाय अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

यी देशहरुमा केही समय संक्रमणको दर कम भएपनि अहिले फेरि दो्स्रो चरणमा संक्रमण फैलिरहेको हो ।फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले अर्को वर्षको ग्रिष्मकाल सम्म कोरोना भाइरस विरुद्ध लडिरहनुपर्ने बताउनुभएको छ ।

फ्रान्समा फेरि संक्रमणको दर दिनहुँ बढ्न थालेपछि राष्ट्रपति म्याक्रोनले यस्तो बताउनुभएको हो ।

गत २४ घन्टामा मात्रै ४० हजार बढिमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ भने २ सय ९८ जनाको मृत्यु भएको छ । संक्रमण नियन्त्रणका लागि फ्रान्समा विभिन्न शहरमा कर्फ्यु समेत जारी गरिएको छ ।

फ्रान्सका साथै अन्य युरोपेली देशहरु रसिया, पोल्यान्ड, इटली ,स्विटजरल्यान्ड लगायतका देशमा संक्रमण फेरि फैलिरहेको छ । विगत १० दिनमा यि देशहरुमा संक्रमण दोब्बरले बढेको छ ।

युरोपेली मुलुकहरुमा अबको केही महिना संक्रमणका कारण असहज परिस्थिति सृजना हुन सक्ने भन्दै सतर्कताका उपाय अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

यी देशहरुमा केही समय संक्रमणको दर कम भएपनि अहिले फेरि दो्स्रो चरणमा संक्रमण फैलिरहेको हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.