अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 3 October 2020

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना


वासिङ्गटिन, १७ असाेज :
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको २४ घण्टा नबित्दै उहाँलाई अस्पताल लगिएको छ ।

कोरोना भाइरस विरुद्ध धेरै सावधानी अपनाउनु परेकाले राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड सैन्य स्वास्थ्य केन्द्र लगिएको, राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति ट्रम्पमा थकान लगायतका सामान्य लक्षण देखिए पनि उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पलाई उहाँको हेलिकप्टरबाट अस्पताल लगिएको थियो ।

अस्पताल जानुअघि रेकर्ड गरिएको भिडियो सम्बोधनमा ट्रम्पले सबैलाई धन्यवाद दिदै आफू स्वस्थ रहेको बताउनुभएको थियो ।

अबको एक महिनामा हुने राष्ट्रपतिय मतदानका लागि राष्ट्रपति ट्रम्प र डेमोक्रेटिक पार्टिका उम्मेद्धार जो बाइडन बीच बाँकी रहेको प्रचलित राष्ट्रपतिय बहस अनिश्चित भएको छ ।

यसैबीच , डेमोक्रेटिक पार्टिका उम्मेद्धार बाइडन र उहाँको श्रीमतीमा कोरोना भाइरस संक्रमण नेगेटिभ देखिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.