अर्थमन्त्रीद्वारा पदभार ग्रहण, विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 15 October 2020

अर्थमन्त्रीद्वारा पदभार ग्रहण, विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर


काठमाडौं, २९ असाेज :
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार पदभार ग्रहण गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पौडेलले पदभार ग्रहण गर्नुभएको हो । बुधबार अर्थमन्त्री नियुक्त हुनुभएका उहाँले शीतल निवासमा शपथ ग्रहणलगत्तै मन्त्रालयमा आएर पदभार लिनुभएको हो । उहाँले विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उक्त रकम कोभिड १९ को रोगथाममा प्रयोग गरिने छ ।

पदभारपछि मन्त्री पौडेलले कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँ दोस्रोपटक अर्थमन्त्री हुनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा पनि उहाँ अर्थमन्त्री हुनुहुन्थ्यो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.