मेचीनगर प्रमुख विमल आचार्यलाई कोरोना संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 15 October 2020

मेचीनगर प्रमुख विमल आचार्यलाई कोरोना संक्रमण पुष्टि


बिर्तामोड, २९ असोज :
झापा मेचीनगरका नगरप्रमुख विमल आचार्यलाई कोराना संक्रमण पुष्टि भएको छ ।

कनकाई प्रयोगशालामा गरिएको पिसिआर चेकमा नगरप्रमुख आचार्यको रिपोर्ट पोजेटिभ आएको मेचीनगरका कोभिड फोकल पर्सन नविन बरालले जानकारी दिनुभयो ।

नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडामा पनि कोराना पोजेटिभ देखिएको छ ।

नगरप्रमुख आचार्य पीसीआरका लागि स्वाव दिएपछि होम आइसोलेसनमा रहनुभएको थियो । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।

आज मेचीनगरमा नगरप्रमुखसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.