अर्थमन्त्रीका प्रेस सल्लाहकारमा केसी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 22 October 2020

अर्थमन्त्रीका प्रेस सल्लाहकारमा केसी


काठमाडौँ, ६ कात्तिक  :
अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त हुनुभएको छ । 

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभर्सिटीबाट सञ्चारमा स्नातकोत्तर र नर्वेको युनिभर्सिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राजुएट गर्नुभएका केसी पत्रकारितामा पिएचडी अध्ययनरत हुनुहुन्छ । उहाँसँग कान्तिपुर टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

सेन्टर फर मिडिया रिसर्च नेपालका पूर्वअध्यक्ष केसी यसअघि राष्ट्रिय पुनःर्निमाण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत हुनुहुन्थ्यो ।(रासस)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.