कारको ठक्करबाट १८ महिनाकी बालिकाको ज्यान गयो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 26 October 2020

कारको ठक्करबाट १८ महिनाकी बालिकाको ज्यान गयो


काठमाडाैँ, १० कात्तिक : 
काठमाडाैँको टोखामा कारको ठक्करबाट १८ महिनाकी बालिकाको ज्यान गएको छ ।

हिजो दिउँसो टोखा नगरपालिका ७ शिवमन्दिर नजिकै बा २१ च ३०२६ नम्बरको कारले ठक्कर दिँदा १८ महिनाकी पवित्रा बयलकोटीको ज्यान गएको प्रहरीले जनाएको छ ।

कारले ठक्कर दिएपछि घाइते भएकी बालिकाको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा ज्यान गएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.