उदयपुरमा जिप दुर्घटना पाँचको मृत्यु, तीन घाईते - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 18 October 2020

उदयपुरमा जिप दुर्घटना पाँचको मृत्यु, तीन घाईते


गाईघाट, २ कात्तिक :
उदयपुरको कटारी नगरपालिका वडा नं १४ को भदौरेस्थित शिध्दिचरण राजमार्गमा गए राती एउटा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ  । अन्य तीनजना गम्भिर घाईते भएका छन् । भैरहवाबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्वरको स्कार्पियो जिप सडकबाट करीब नौ सय मिटर तल खस्दा त्यसमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका ४६ वर्षीय रामवहादुर सार्की, सोही ठाउँ निवासी २७ वर्षाीय कर्ण सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी दुर्घटनामा नाम थर वतन नखुलेका अन्दाजी ३० एक वर्षकी महिला, ३२ वर्षको पुरुष र ५२ वर्षको पुरुषको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी वेदप्रसाद गौतमले बताउनुभयो ।

उहाँका अनुसार जिप चालक रुपन्देही जिल्ला त्रिदम्वा नगरपालिका वडा नं १५ का रामवहादुर खड्काको छोरा २८ वर्षिय पवन खड्काको अवस्था गम्भीर रहेकाे छ। 

ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका सागर सार्कीको छोरी वर्ष १८ की कल्पना सार्कीको टाउकोमा चोट लागि गम्भिर अवस्थाको रहनु भएकाे र सोही ठाउँ निवासी रामवहादुर सार्कीको श्रीमती वर्ष ३१ की कुमारी सार्कीको दाहिने खुट्टामा चोट लागेको तर अवस्था सामान्य रहेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.