देशभर हल्कादेखि मध्यम वर्षा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 23 September 2020

देशभर हल्कादेखि मध्यम वर्षा


काठमाडौं, ७ असाेज :
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापीय क्षेत्र पश्चिम(उत्तरपश्चिमतर्फ सरिरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सबै प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यसैगरी आज राति पनि देशभर बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गका अनुसार मनसुन अन्त्य हुने औसत समय सकिए पनि उक्त प्रणालीको प्रभावले अबको केही समय पुनः मनसुन सक्रिय हुने भएको छ ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले असोज १० गतेसम्म देशभरका नदीमा बहाव उच्च हुने जनाएको छ । पानीको सतह सतर्कताको चिह्नभन्दा तलै हुने भए पनि सामान्यावस्थाबाट एक्कासि बढ्ने सम्भावना रहेकाले सम्भावित क्षतिबाट जोगिन असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न महाशाखाले अनुरोध गरेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.