ब्राउन सुुगरसहित एक जना पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 21 September 2020

ब्राउन सुुगरसहित एक जना पक्राउ


दाङ, ५ असाेज :
दाङमा ब्राउन सुुगरसहित एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका ११ भट्टीटोलका ३५ वर्षीय महिन अन्सारी तीन सय २५ ग्राम ब्राउन सुुगरसहित पक्राउ परेका हुन् ।

अन्सारीलाई प्रहरीले दाङको लमही नगरपालिकाको अमेलियाबाट पक्राउ गरेको हो । अन्सारीले शरीरमा ब्राउन सुगर लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हो ।

बरामद गरिएको ब्राउन सुगरको बजार मूल्य झण्डै ७५ लाख रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.