पछिल्लो २४ घण्टामा १ हजार २०७ जना नयाँ संक्रमित थपिए - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 26 September 2020

पछिल्लो २४ घण्टामा १ हजार २०७ जना नयाँ संक्रमित थपिए


काठमाडौं, १० असाेज : 
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १० हजार १९ जनाको पिसिआर परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रलायका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा एक हजार १४७ जना डिस्चार्ज भएका छन् । देशभर १८ हजार ३४१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी हालसम्म आइसियुमा २२४ जना उपचाररत छन् भने भेन्टिलेटरमा २७ जना उपचाररत छन् । संस्थागत आइसोलेशनमा आठ हजार २३७ र होम आइसोलेशनमा १० हजार ५२ जना रहेका छन् । क्वारेन्टिनमा ६ हजार ३३१जना छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.