पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १४५५ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किए - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 25 September 2020

पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १४५५ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किए


काठमाडौँ, ९ असाेज :
पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय १३ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट १२ हजार २ सय ६२ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ३ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म ९ लाख ६८ हजार १ सय ८५ जनाको पीसीआर परीक्षण गरिएकोमा ७० हजार ६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा काठमाडौँमा ५०३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ गरी काठमाडौँ उपत्यकामा ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट आज ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । आज मोरङमा २ जना, सप्तरी, काठमाडौँ, ललितपुर र कपिलवस्तुमा एक एक जनाको निधान भएको हो । स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप १ हजार ४ सय ५५ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज १ हजार ४ सय ५५ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ । 

मन्त्रालयका अनुसार देशभर २२७ जनाको आइसियुमा र ३९ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा १८ हजार २ सय ८९ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ६ हजार ४ सय ६४ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.